Digital literacy program for underprivileged women

कम्प्यूटर एशोसिशएशन अफ नेपाल(क्यान) वुुमन ईन आई. टी.(WIT)ले वुमन डेभलपमेन्टल एडभोकेसी सेन्टर जनकपुर तथा क्यान धनुुषासंगको सहकार्यमा धनुुषाको मिथिलेश्वर निकास गा.वि.स.मा२०७१,कात्तिकको दोस्रो साता देखी संचालन गरी १८दिन सम्म Digital literacy program for underprivileged women अन्तर्गत कम्प्यूटर शिक्षा तालिम सफलतापूर्वक उदाहरणका रुपमा सम्पन्न गरेको जानकारी क्यानका सचिव सुुनैना घिमिरे पाण्डेज्यूले गराउनुुभयो । सामान्य लेखपढ गर्न जान्ने महिलालाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रमा २५ जना महिलाको सहभागीता रहेको थियो । २१औं शताव्दीमा आइसक्दा पनि ग्रामिण परिबेशमा महिलाहरु अझैं पनि कम्प्यूटर शिक्षाको बारेमा अनभिज्ञ रहेकाले यस्ता तालिमहरुको आवश्यकता आगामी दिनहरुमा अझ पर्ने क्यान वुमन ईन आई. टी. का संयोजक रत्नतारा बैद्यले बताउंदै यसलाई निरन्तरता प्रदान गर्नै योजना रहेको बताउनुुभयो । उक्त कम्प्यूटर तालिममा वुमन डेभलपमेन्टल एडभोकेसी सेन्टरका प्रमुुख लक्ष्मी नारायण मण्डल, नेपाल टेलिकम लिमिटेड धनुुषा शाखा प्रमुुख सुशील शाह लगायतको उपस्थिति रहेको थियो ।