Completed program:

15. Webinar on Women Healthcare with Technology

Please click the link of virtual program recording 

WICT कमिटी, क्यान महासंघ द्वारा महिला स्वास्थ्यको निम्ति प्रविधि (Women Health Care with Technology)विषयको एक दिने वेभिनार कार्यक्रम यही शनिबार मिति २०७८/३/१९ गते सम्पन्न भएको छ । क्यान फेडरेसन अन्तर्गत WICT कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी क्यान महासँघका वरिष्ठ उपाध्यक्ष रत्न तारा वैधले स्वागत मन्तव्यका साथै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको सुरुवातमा कार्यक्रम संयोजक WICTकमिटीका अध्यक्ष शिला कंसाकार कार्कीले कार्यक्रमको उदेश्यसँगै क्यान महासंघ र कमिटीको बारेमा जानकारी दिनुभयो । सन् २०१५ मा महासंघमा परिणत भएको क्यान महासंघ सूचना तथा संचार प्रविधिको क्षेत्रलाई उपयोग, विकास, संरक्षण र सम्वद्र्धनका लागि साथै यस क्षेत्रमा आफ्नो करियर बनाईसकेका, बनाउँदै गरेका र बनाउन गइरहेका युवा वर्गलाई एउटै छातामुनि राख्न सफल संस्था भएको बताउनुभयो । क्यान महासंघको उद्देश्य भनेको नेपाल सरकारले सूचना तथा संचार प्रविधिमा गर्ने विकासमा हातेमालो गर्नुका साथै यसको विकासलाई सल्लाह, सुझाव दिने काम पनि गर्दछ । जस अनुरुप हाल नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई कार्यान्वयनमा ल्याउन क्यान महासंघले सहकार्य गर्दै आएको बताउनु भयो । क्यान महासंघमा विभिन्न कमिटी रहेकोमा महिलाहरुको यस क्षेत्रमा पहुँच र सहभागिता गराई महिलाहरुलाई शशक्तिकरण बनाउने उद्देश्यले यस कमिटीको गठन सन् २००३ मा भएको बताउनुभयो । कमिटीका अध्यक्ष कार्कीले सूचना तथा संचार प्रविधिका बारेमा चेपांग जातीका महिला, स्कूलकलेजका विधार्थी भाइबहिनीहरु, युवाहरु लगायत विभिन्न क्षेत्रका महिला दिदीबहिनीहरुलाई चेतनामूलक कार्यक्रमहरु, तालिमहरु गरिसकेको र यसलाई निरन्तरता दिईरहेको समेत जानकारी दिनुभयो । अहिलेको युग प्रविधिको युग हो यसबाट महिला पछाडि पर्न हुँदैन झन् यस कोभिड १९ को महामारीमा घरमै बस्नुपर्ने बाध्यात्मक अवस्थामा अरु काममा जस्तै आफ्नो स्वास्थ्यका बारेमा महिलाहरुले प्रविधिको प्रयोग गरी स्वस्थ्य रहन सिक्नु पर्दछ । महिलाहरु घर व्यवहारका कारण आफ्नो स्वास्थ्यमा त्यत्ति ख्याल नराख्ने भएकोले कुन बेला यसले ठूलो रोग निमत्त्याउँछ भन्ने थाहा नै हुँदैन । झन् अहिलेको महामारीमा महिलाहरुलाई मानसिक स्वास्थ्यमा समस्या बढी देखिने विशेषज्ञहरुको भनाईलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरेको कमिटी अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा मनोचिकित्सक नेपाल पुलिस अस्पतालका डिएसपी डाक्टर जयन्ती ढुंगानाले तनाव व्यवस्थापनमा बारेमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । मानिसलाई कसरी तनाव हुन्छ र त्यसबाट बच्न कस्तो उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा बताउँदै मानिसलाई यो समयमा ध्यान तथा योग र सकारात्मक सोच लिन आग्रह गर्नुभयो । कोभिड १९ ले एक प्रकारको आक्रन्त नै पारीरहेको बेला घरबाट बाहिर पनि निसक्न नमिल्ने यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या पर्ने र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउने भन्ने बारेमा उहाँले उपयोगी प्रस्तुतिकरण दिनुभएको थियो ।
त्यस्तै धेरै महिलाहरुमा भइरहने प्रसुति तथा अन्य महिलाहरुमा लाग्ने रोगहरुबाट सुरक्षित र स्वस्थ रहन ध्यान दिर्नुपर्ने बारेमा नेपाल पुलिस अस्पताल प्रसुति तथा स्त्री रोग विशेषज्ञ, डिएसपी डाक्टर सविता सिंहले आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो ।
त्यस्तै WICT कमिटी सदस्य ई.अदिप्ती गुप्ताले हामीले सधै आफूसँग रहने मोबाइलबाट स्वास्थ्य स्थितिबारेमा जानकारी लिन सकिने साथै विभिन्न स्वास्थ्य एप्सबाट स्वस्थ रहन कसरी प्रयोग गर्ने बारे विभिन्न स्वास्थ्य सम्बन्धि एप्सहरुको जानकारी सहितको आफ्नो प्रस्तुति दिनुभएको थियो।
WICT कमिटी सदस्य दिव्यतारा शाक्यले कार्यक्रममा प्रस्तुतिका बारेमा आएका प्रश्न तथा जिज्ञासाहरुको बारे मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो भने कार्यक्रममा सञ्चालन WICT कमिटी सदस्य सम्पन्न श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित र कार्यक्रममा प्रत्यक्ष , अप्रत्यक्ष सहयोग गर्नूृहुने सबैलाई WICT कमिटी सदस्य रीना श्रेष्ठले धन्यवादज्ञापन गर्नुभयो भने कार्यक्रमको रिपोर्टिङ्ग अर्का WICT कमिटी सदस्य सावित्री बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रममा क्यान महासंघका पूर्व अध्यक्ष विप्लव मान सिंह, महासचिव नारायण थापा, सचिव शेखर दुलालको समेत उपस्थिति रहेको थियो । त्यस्तै WICT कमिटीका सल्लाहकार शीखा श्रेष्ठ, रोजा किरण बासुकला, सदस्यहरु सरुना श्रेष्ठ, मीना अर्याल, शान्ति शाक्यको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाबाट सहभागी हुने क्रममा तितेपाती महिला सहकारी संस्था, रुपन्देहीका अध्यक्ष कमला बस्नेत कुँवर, संस्थाका पदाधिकारीहरु र सदस्यहरु, क्यान महासंघका विभिन्न प्रदेश, जिल्लामा रहेका शाखाहरुका पदाधिकारी तथा सदस्यहरु, बाग्लुङ समाजका पदाधिकारीहरु, पाटन जेसीसका पदाधिकारी र सदस्यहरु, विभिन्न जिल्लाका सहकारीका महिला दिदीबहिनीहरु, स्कूल, कलेजका प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत महिला दिदीबहिनीहरु गरी करीब सय जना भन्दा माथिको संख्यामा कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

 

14.Webinar on Digital Consumer Rights

Please click this link for the virtual program recording 

Theme: Consumers' Protection

On the Occasion of National ICT Day- 2021

 

 

13. National ICT Day Seminar

A seminar organized on the occasion of the Fourth National ICT Day of Nepal. Panelists from Academia, Private Sector, ICT Community, and the Government will be presenting.

Please cick this link for the video

 

12. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस -२०२१ को सन्दर्भमा क्यान महासंघका अध्यक्षज्यू बाट व्यक्त भएको मन्तव्य ।

 

Please click this link for the video

 

11. Role of ICT for Commercial Agriculture

 

क्यान महासंघ अन्तर्गत Digital Transformation Committee को आयोजनामा नेपालको तर्फबाट इजरेलका लागि राजदुत महामहिम डा. अन्जन शाक्यज्युको प्रमुख आथिथ्यतामा ६०% जनसंख्या कृषि पेशामा आश्रित रहेको नेपालको कृषि क्षेत्रलाई सूचनाप्रविधिको अधिकतम उपयोगबाट कसरि बढीभन्दा बढी बिकास, परिवर्तन र ब्यबसायिक बनाउन सकिन्छ भन्ने उदेश्यले Zoom Online मार्फत नेपाल सरकार कृषिमन्त्रालयका बरिस्ठ व्यक्तित्व, इजरेली कृषिप्रबिधि प्रयोगगरी ब्यबसाय संचालन गरिरहनु भएका कृषिबिज्ञ, कृषिमा सूचना प्रबिधिमा कार्यरत प्रबिधिबिज्ञ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का निमित डेपुटी सीईओ लगायत कृषिमा प्रबिधिमा लामो अनुभब संगाल्नु भएका व्यक्तित्वहरु र सहभागी बीच हुने "Role of ICT for Commercial Agriculture" बृहत Zoom Online अन्तरक्रिया कार्यक्रम |

 

Please click this link for the video

 

10. Webinar on the topic of “Rethinking Technology for the Future We Want” on the occasion of the 75th anniversary of the UN.

UN Resident Coordinator Office in Nepal and CAN Federation collaboratively is organizing

Prof. Dr. Puspa Raj Kadel, Vice-Chairman, National Planning Commission has given his consent to be the chief guest at the webinar.

Other speakers are as the following:

Richard Howard, UN Resident Coordinator a.i. for Nepal – Welcome Remarks

Prof. Dr. Subarna Shakya, Institute of Engineering, Tribhuvan University - Contribution of academic sector and research in e-readiness of Nepal.

Anil Dutta, Joint Secretary, Ministry of Education, Science and Technology - National Information Technology Policy and Strategy

Saroj Nepal, National Programme Coordinator, UNCDF - COVID-19 and digital economy in Nepal.

Manohar Bhattarai, Former Vice-President, The then HLCIT - Disruptive Technology for the Future We Want

Roja Kiran Basukala, Deputy Director, Nepal Telecom Authority - Internet Coverage and Infrastructure

Prakash Neupane, Co-founder Sarathi - User accessibility and E-readiness

Amit Agrawal, Co-founder & Director at Khalti - Digital Economy and Public E-readiness

Nawaraj Kunwar, CAN Federation President – Closing Remarks

Please click this link for the Video

 

 

 

9. Topic: Go Digital - Go Cashless

Date: May 2,2020 ,9:30 A.M to 11:00 A.M,Kathmandu 

Speakers : Mr. Asgar Ali , IT Consultant to Prime Minister of Nepal
                  Mr. Neelesh Man Singh Pradhan ,CEO, Nepal Clearing house limited

                  Mr. Subhas Ghimire ,Director,Nepal Rastra Bank

                  Mr. Narayan Bhuju,Chairman,ICT Committee Nepal Bankers Association

                  Mr. Ananda Raj Khanal,SeniorDirector,Nepal Telecommunications Authority (Moderator )

Please click the link of Presentation :

http://Go Digital- Go Cashless

 

8. Topic:  Go Digital - Anticipation of Covid Changes in education system role of ICT

Date:May 4, 2020  1:00 P.M to 3:00 PM Kathmandu

Speakers :  Prof Dr. Lekhnath Sharma,Vice Chancellor Nepal open University

                  Prof. Dr Chandra Mani Paudel ,Chairman National Examination Board

                  Dr. Tuavi Lappanen,Principal Lecturer / Project Manager ,TPP Jamk University,Finland

                  Mr.Cavin Shin,Chairman of Technical and business Advisory Board ,NsDevil Co.Ltd ,South Korea

                  Mr. Anand Raj Khanal ,Senior Director,Nepal Telecommunications Authority

                  Dr. Bimal Acharya ,Telecom Manager, Nepal Telecom

                  Mr. Reg Bdr Bhandari, Secretary,CAN Federation, Moderator

Please click the Link of Presentation :

Anticipation of Post Covid changes in Education Systems : ROLE OF ICT

Roles of Telcos e-education

NSDAIonUBTCLOUD

 

 

7. Topic: Go Digital - Transform Remote work for distributed workforce

Date : May 6th, 2020 , 11:00 A.M to 12:30 PM Kathmandu

Speaker : Mr. Pawan Krishna Shrestha, Vice-President, Seva Development

               Mr. Nidesh Shakya ,CEO,Technorio

               Ms. Samikchya Singh, Sr. Project Manager, Fuse Machines

               Mr. Suresh Kumar Karna,Former President, CAN Federation

               Mr. Dipesh Pradhan,Managing Director,Yomari Group of Companies

               Prof. Dr Subarna Shakya, Institute of Engineering Tribhuwan University

               Mr. Samit Jana ,CTO Worldlink Communication Pvt. Ltd

               Mr. Pravash Karki ,Designer / Entreprenuer

               Ms. Saruna Shrestha,President CAN Federation

              Mr. Govinda Acharya,President,Federation of Nepalese Journalist

              Mr. Hempal Shrestha,Ex.com Member,CAN Federation ,Moderator

 

6. Topic :Go-Digital-Stay Secure

Date : 8th May, 2020 , 11:00 A.M to 12:30 P.M ,kathmandu

Speaker : Mr.Lokraj Sharma,Director,Department of Information Technology

               Mr. Vivek Shamsher Rana, Principal Consultant,Info Assure LLP

               Mr. Ajit Regmi, Deputy Director,Nepal Rastra Bank

               Ms. Mona Nyachhoyon,Director for software development Log Point

               Mr. Chiranjibi Adhikari, Secretary, CAN Federation, Moderator

 

5. Topic : Go Digital, e-Health, Lens to see augmented role of e-health in Nepal in post -covid era

Date : 10th May , 2020 kathmandu,11:00 A.M to 12:30 P.M

Speaker : Dr. Prakash Paudyal,Consultant Physician/Pulmonologist,Medical director,Nepal National Hospitol

               Dr. Subash Pyakurel(K),Founder,health Concern Nepal

               Mr. Ram Prasad Dhungana, Chairman,Live demo of Practices from Nepal,Ask Foundation Nepal

               Dr.Prabhat Adhikari (MD), Product CEO (Danphe) Imark Digital

               Dr. Deependra Kumar Shah,Entrepeneur Managing Director, Bidhana health Care Pvt.Ltd

               Mr. Ananta Bhhetwal, Immediate past district governer lions, Clubs of International district 325A1

               Dr. Pawan Kumar Sharma,Treasurer,CAN Federation,Moderator

Please click the Link of Presentation :

Go Digital E-Health

Go Digital E-health Care

Telemedicine ppt

 

 

4. Topic : Importance of data driven economy

Date : 24 May,2020 kathmandu,8:00 A.M (Nepali Standard time)

Date : 23 May,2020 ,Kathmandu, 10:45 P.M (Eastern Standard time )

Speaker : Mr. Gaurabh Raj Upadhayay,chairman,APNC,USA

               Mr. Gouri raj Joshi, Secretary,NRNA,NCC,Technology,Entreprenuer,USA

               Mr.Milan Rai,Project Intiator,ISOP Nepal,Australia

               Dr. Bhupesh Mishra,IT Researcher,University of bradford UK

               Dr. Rajib Subba,Pracademic,DIG,Communication Directorate,Nepal Police

               Mr. Bhim Chimariya,IT Engineer,Ocean Technology,Tokyo

               Mr.Narayan Neupane,Moderator

 

 

3. Topic : Webinar on Universal Acceptance

Date : 17th june , 2020 kathmandu,5:00 P.M (Nepal Standard time)

Speakers : Dr.Ajay Data,Chair of Universal Acceptance

                 Mr. Samiran Gupta,Head of India for ICANN

 

2. Topic : Interaction program on "ICT is for you too girls"

Date : 18th july , 2020 kathmandu,11:00 A.M

Speakers :Ms. Ganga Subba,Co-ordinator,Sagarmatha College of Science and Technology

                Ms. Meera Shrestha, Vice-Principle,Adarsha Vidhya Mandir

               Ms.Geeta Laxmi Amatya,Amother

               Ms.Somi Joshi, Student,IIMS College

              Ms.Ratna Tara Vaidhya,Senior Vice President,CAN Federation

 

1. Program Title :“सहकारी संस्थाहरुका लागि विद्युतीय आजको आवश्यकता ” विषयक वेभिनार कार्यक्रम

Date:18th August 2020 - २०७७ भाद् गते

Time: 2pm -4pm

Organizer:Women in ICTCommittee (CANFederation)

Program Start: Mr. Narayan Thapa, Secretary General, CAN Federation

Welcome & Program Highlits:Mr. Nawaraj Kunwar, President,CAN Federation

Guest Speaker:Ms. Kusum Lama,Chairman, Prabhu Management

Participant Speech:Ms. Kamala Basnet, Chairman, Titepati Women Saving & Credit Cooperative..... (With expectation)

Moderator:Ms. Reena Shrestha, Senior officer DFS, Parbhu Management

Resource Person:Mr. Keshav Raj Acharya, Head DFS, Prabhu Management (Digital Finance)

Resource Person:Shristi Panta, CEO,Medico Nepal (Health related )

Participants:Minimum 30 Pax.

Closing Remarks: Ms. Sheela Karkee, Chairperson Women in ICT Committee, CAN FEDERATION.

 

 

 

 

 

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds