ICT Seminar on Digital Financial Services for Financial Inclusion 2019 at Birgunj on August 2, 2019

Card image

कम्प्युटर एसोसिएसन नेपाल महासँघ पर्साको आयोजनामा प्रदेश स्तरीय "IME PAY- ICT Seminar on Digital Financial Services for Financial Inclusion 2019" सम्पन्न भएको छ । आईएमई पेको सहयोगमा क्यान महासँघ पर्साले वित्तिय समावेशिकरणमा जोड दिने उदेश्यका साथ् वीरगंज स्थित भिस्वा होटेलमा शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आजको युगमा समग्र विकासका लागि आईटीले ठुलो भूमिका खेलिरहेको कुरामा जोड दिएका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले आईटीको सहयोगले आज विश्व आफ्नै
हातमा रहेको अनुभूति भईरहेको बताए । उनले आई.टी तथा प्रविधिले आज शिक्षा देखि सरकारी कामकाज समेतमा उल्लेखनिय सहयोग गरेको बताए ।
’आईटीले नेपालमा विकासको बाधकको रुपमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको छ, ’मेयर सरावगीले भने, ’नेपाल सरकारले अहिले सानो देखि ठुलो कार्य समेतमा आईटीको प्रयोग गरिरहेकोले यो सम्भव भएको छ ।’ उनले क्यान महासँघले गरिरहेको कार्यको प्रसंशा गर्दै वीरगंज महानगरपालिका महासँघसंग समन्वय गरी यस क्षेत्रमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता रहबर अन्सारीले आई.टी ले समाज रुपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आई.टी.ले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । नेता रहबरले नेपालमा अहिले पनि आईटीको पूर्ण रुपले प्रयोग नभईरहेकोले यसलाई हात–हातमा पुर्याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रशिक्षक क्यान महासँघका कार्यकारी सदस्य विक्रम श्रेष्ठले वित्तिय समावेशीकरणमा आई.टी.को महत्वबारे प्रस्तुतीकरण गरेका थिए । उनले आई.टी. को सहयोगले समाजमा रहेको विभेद र असमावेशीकरण अन्त्य गर्न सकिने बताएका थिए । त्यसैगरी अर्का प्रशिक्षक आईएमई पेका ट्रेनर माधव कटवालले डिजिटल वित्तिय सेवाहरु र नेपाल सरकारको नीति तथा नियमहरुका बारेमा जानकारी गराएका थिए ।
क्यान महासँघ पर्साका अध्यक्ष आलोक चौरसियाले क्यान महासँघ सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पुर्याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रुपले अगाडी बढाउन क्यानको लक्ष्यलाई सफलपार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । चौरसियाले क्यान पर्साले वीरगंजमा पहिलो पटक आई. टी. मेला गराउने देखि आई.सी.टी. सेमिनार गराएर प्रदेश २ मै एउटा छुट्टै उदाहरण प्रस्तुत गरेको बताए ।
कार्यक्रममा क्यान महासँघका केन्द्रिय अध्यक्ष हेमन्त चौरसिया, भारतिय महावाणिज्य दुतावासका डा. कोत्रास्वामीएम, राष्ट्रिय गाउँपालिका संघ प्रदेश २ का अध्यक्ष तथा पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, क्यान महासँघका महासचिव रणजित पोदार , उद्योग वाणिज्य संघका केन्द्रिय कार्यकारी सदस्य पंकज जलान, क्यान महासँघका केन्द्रिय कार्यकारी सदस्य भुपाल श्रेष्ठ, दिपेन्द्र राज सिंह, क्यान महासँघका प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, स्थानिय तथा जनप्रतिनिधि, क्यान पर्साका सदस्य लगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान महासँघका प्रदेश सचिव सरोज बाबु न्यौपानेले गरेका थिए ।


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds