ICT Seminar on Digital Financial Services 2019 at Chitwan, August 3, 2018

Card image

कम्प्युटर एसोसिएसन नेपाल महासँघ चितवनले शनिबार एकदिने आइसीटी सेमिनार सम्पन्न गरेको छ । डिजिटल फाइनानन्सियल सम्बन्धी सेमिनारमा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष, सचिव तथा क्यान महासंघ नेपाल चितवनसँग आबद्ध करिब २०० जनाको उपस्थिति थियो । उक्त सेमिनारमा विवेक राना, केशवराज आचार्य र पारितोष पौडेलले कार्यपत्र प्रस्तुत गरेका गर्नुभएको थियो ।
प्रदेश नं ३ का सांसद् घनश्याम दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, महासचिव रणजित कुमार पोदार, केन्द्रीय सदस्य श्यामकल श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपसचिव प्रद्युम्न उपाध्याय, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिशचन्द्र सुवेदी, लर्ड बुद्ध एजुकेसनका अध्यक्ष पंकज जलान लगायतको उपस्थिति रहेको कार्यक्रम क्यान महासंघ चितवनका अध्यक्ष भानु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds