ICT Seminar on Digital Financial Services 2019 at Siraha August 10,2019

Card image

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सिराहाको आयोजनामा जिल्ला स्तरिय आइसिटी सेमिनार सम्पन्न भएको छ । प्रभु पेको सहयोगमा क्यान महासंघ सिराहाले वित्तिय समावेशीकरणमा जोड दिने उदेश्यका साथ लाहानको माडवारी सेवा सदनमा शनिवार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिराहा क्षेत्र न. १ बाट प्रदेश सभा सदस्य माननिय लगन लाल चौधरी आजको युगमा सम्बृद्ध राष्ट्र निर्माण गर्न र यसको विकासका लागि आइसिटी ले ठुलो भूमिका खेलिरहेको कुरामा जोड दिएका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै माननीय चौधरीले आइसिटी को प्रयोग र अभ्यासले नै आज विश्वको दुरी घटाएको र अझ बृहतरुपमा प्रबिधिमा प्रगति हुने अनुभूति भईरहेको बताए । उनले आइसिटी तथा प्रविधिले आज शिक्षा देखि सरकारी कामकाज र दैनीक जनजिवनमा समेतमा उल्लेखनिय सहयोग गरेको बताए ,आइसिटी ले नेपालमा विकासको बाधकको रुपमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको छ, माननीय चौधरीले भने, ’नेपाल सरकारले अहिले सानो देखि ठुलो कार्य समेतमा आइसिटी को प्रयोग गरिरहेकोले यो सम्भव भएको छ ।’ उनले क्यान महासँघले गरिरहेको कार्यको प्रसंशा गर्दै सिरहा जिल्ला र समग्र प्रदेश क्यान महासँघसंग समन्वय गरी यस क्षेत्रमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्धता समेत व्यक्त गरे । यसै गरी कार्यक्रमका बिसिष्ट अथिति ससस्त्र प्रहरी बल सिराहाका DSP प्रेम बहादुर रावलले आइसिटी ले समाज रुपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आइसिटी ले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । आफ्नो रास्ट्रीय तथा अन्तरास्ट्रिय फोरमका अनुभवहरु साट्दै नेपालमा अहिले पनि आइसिटी को पूर्ण रुपले प्रयोग नभईरहेकोले यसलाई हात-हातमा पुर्याउन सरकारले विशेष कार्यक्रम ल्याइरहेको पनी जोड दिए । कार्यक्रमका प्रशिक्षक क्यान महासँघ सदस्य चिरन्जिबी अधिकारीले वित्तिय समावेशीकरणमा आइसिटी को महत्व, प्रयोगका फाइदा तथा चुनौती र यसको न्यूनीकरण बारे प्रस्तुतीकरण गरेका थिए । उनले online payment getaway को प्रयोग गरि सुरक्षित र भरपर्दो एवं बिना झन्जटिलो र सुलभ तरीकाबाट सम्पन्न गर्न सकिने बताएका थिए । त्यसैगरी अर्का प्रशिक्षक Prabhu Pay का DFS Project Manager केशव राज आचार्य डिजिटल वित्तिय सेवाहरु र नेपाल सरकारको नीति तथा नियमहरुका बारेमा जानकारी गराएका थिए । क्यान महासंघ सिराहाका अध्यक्ष धनन्जय महत्तोले क्यान महासँघले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पुर्याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रुपले अगाडी बढाउन क्यानको लक्ष्यलाई सफल पार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । महत्तो ले क्यान सिरहले यस क्षेत्रमा पहिलो पटक आइसिटी सेमिनार गराएको र आगामी दिनहरुमा प्रबिधिको क्षेत्र मा यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने बताए । कार्यक्रममा क्यान महासँघका केन्द्रिय सदस्य श्याम कल श्रेष्ठ ले कार्यक्रम को महत्व र औचित्यता का बिषयमा प्रस्ट परेका र सातै ओटा प्रदेशमा यस्ता सेमिनारहरुको आयोजना गरिएको जानकारी गराए क्यान महासँघका केन्द्रिय सदस्य दिपेन्द्र राज सिंह को बिशेष सक्रियतामा सम्पन्न कार्यक्रममा विसिष्ट अतिथि उद्योग वाणिज्य संघ लाहानका अध्यक्ष अशोक लाल अमात्य, Softech College का Founder डा . माधव साह, Everest College का Founder धरणिधर अधिकारी ,साथै अतिथिहरु मा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष संजय महत्तो, क्यान महासँघका केन्द्रिय कार्यकारी सदस्य भुपाल श्रेष्ठ,क्यान महासँघका प्रदेश २ सचिव सरोज बाबु न्यौपाने , प्याब्सन सिराहा सचिव उमेश यादव, लायन्स क्लव लाहान सिटिका अध्यक्ष राम सेवक यादव, क्यान महासँघ पर्सा अध्यक्ष आलोक चौरसिया, बारा अध्यक्ष गणेश ठाकुर, सर्लाही कार्यवाहक अध्यक्ष सन्तोष पौडेल, सचिव नरेश दास लगायत स्थानीय ब्यापारी, सहकारीकर्मी, बुद्दिजिवि, जनप्रतिनिधि, क्यान सिराहाका सदस्यहरु लगयातको उपस्थिति रहेका क्यान मसासंघ सिरहा का सचिव संजय साह ले जानकारी दिए ।


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds