आँधीहुरी प्रभावितप्रति दुःख ब्यक्त

 आँधीहुरी प्रभावितप्रति दुःख ब्यक्त

अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति कम्प्युटर एसोसिएशन नेपाल महासंघ क्यान महासंघ  दुःख व्यक्त गर्दछ । अकल्पनीय यस विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्त जनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गर्दछ।

विपत्तिको यस घडीमा महासंघ, महासंघको प्रदेश २ समिति, त्यस क्षेत्रका महासंघका सदस्य, बारा र पर्सा जिल्ला शाखाहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल गर्दछ।

साथै महासंघ विपत्तिमा परेका जनताहरूको सहयोगार्थ आ-आफ्ना क्षेत्रबाट सकेको  सहयोग जुटाई त्यस क्षेत्रमा पठाउन मुलुकभर रहेका आफ्ना सबै सदस्य,जिल्ला शाखा र प्रदेश समितिलाई अपिल समेत गर्दछ । महासंघले विपत्तिमा परेका सर्वसाधारण जनतालाई धैर्यधारण गर्न आग्रह गर्दछ ।

 


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds