क्यान महासंघ र सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरु विच अन्तर्क्रिया

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सुचना तथा संचार प्रविधि क्षेत्रका संस्थाहरुसंग यहि श्रावण २२ गते शुक्रवार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससंग सम्बन्धित संस्थाहरुविच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नितिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासको निम्ति आगामी दिनमा आइपर्ने समस्या एवं चुनौतिहरु र नेपालले आगामी दिनमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने निति तथा रणनितिहरुका बारेमा सुझावहरु दिने सकिने विषयका सन्दर्भमा क्यान महासंघले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका निम्ती अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोग बाहेक अरु हुन नसक्ने बताउनुभयो । हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा अपरिहार्यता रहेकोले पनि आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकास हुनु आवश्यक रहेको अध्यक्ष कुँवरले बताउनु भयो । कार्यक्रममा सूचना प्रविधिका क्षेत्रगत रुपमा काम गरिरहेका संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने क्यान महासंघको निति रहेकोले सबै आईसिटिका क्षेत्रगत रुपमा स्थापना भएका संस्थाहरु क्यान महासंघमा बिषयगत सदस्यको रुपमा आवद्ध हुन समेत अध्यक्षले आव्हान गर्नु भयो ।
कार्यक्रममा क्यान महासंघका महासचिव नारायण थापाले क्यान महासंघले नेपालमा सुचना तथा संचार प्रविधि क्षेत्रको विकास तथा विस्तारका निम्ति निजि तथा गैर-सरकारी संस्थाहरुको छाता संगठनका रुपमा नितिगत तथा कानुनी सुधारका निम्ति गरिरहेको पहल तथा सुचना तथा संचार प्रविधि सम्बन्धि नितिहरुको कार्यान्वयनको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । नेपाल इंटरनेट फाउंडेशनका अध्यक्ष विक्रम श्रेष्ठले अन्र्तक्रिया कार्यक्रम तथा क्यान महासंघले गरिरहेका पहलका निम्ति धन्यवाद ब्यक्त गर्दै नेपालमा कार्यान्वयन गर्न सकिने साना-साना पहलहरुले पनि ठुलो परिवर्तन ल्याउन सक्ने तथा समस्याहरु मात्र औंल्याउनुको सट्टा समाधान पनि हामिले नै दिन सक्नुपर्ने विचार राख्नुभयो । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आफ्नो संस्थाले हिजोको दिनमा पनि क्यान महासंघसंग सहकार्य गरेको स्मरण गर्नुहुंदै यस्ता अन्तर्क्रिया कार्यक्रमहरु समय-समयमा आयोजना गरिराख्न क्यान महासंघलाई सुझाव दिनुभयो ।
अन्र्तक्रियामा ई-विजनेश एसोसिएसनका अध्यक्ष सागर देव भट्ट, प्राइम आईटी क्लबका अध्यक्ष रुजन श्रेष्ठ तथा महासचिव सृजय श्रेष्ठ, नेपाल मोबाइल वितरक संघका सदस्य राम श्रेष्ठ, नेपाल ई-गभर्नन्स सोसाइटीका उपाध्यक्ष दिपेन्द्र पौडेल, स्टार्टअप एसोसिएशन नेपालका सदस्य नारायण क्षेत्री, नेशनल आईसीटी क्लबका अध्यक्ष नेत्र प्रसाद पौडेल, डिजिटल मार्केटिङ्ग एसोसिएशन नेपालका सदस्य निरञ्जन पटेल, सिटिभिटि टेक्नोस सोसाइटी नेपालका अध्यक्ष सञ्जय बस्नेत तथा महासचिव राजन मानन्धर, कम्प्यूटर फ्याकल्टी एसोसिएशनअप नेपालका कोषाध्यक्ष दिपक ठाकुर तथा केन्द्रिय सदस्य सुवासशिव परियार र नविन अधिकारी, नेपाल डाटा सेन्टर सोसाइटीका प्राविधिक सुरेन्द्र गिरी लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो भने क्यान महासंघका उपाध्यक्ष खुसल रेग्मी, सचिव चिरञ्जीवि अधिकारी, सह-कोषाध्यक्ष चन्द्रप्रकाश भुर्तेल, कार्यसमिति सदस्य सुवास खड्का र उप प्रवन्धक उदिप बराल पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो ।
धन्यवाद ।
नारायण थापा
महासचिव
मितिः २०७८ साउन २४ गते, आइतवार
Press Release Details
Posted on : 8th August, 2021 Posted by : Niruta Rana Created at : 8th August, 2021 |