25TH AGM News

Card image

क्यान महासघंको २५ औ वार्षिक साधारणसभा आज मिति २०७५ पौष १४ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभा माननिय संचार तथासुचना प्रबिधि मन्त्री गोकुलबांस्कोटाले उद्घघाटन गर्नु भयो । उद्घघाटन कार्यक्रममा बोल्नु हुदै उहाँले क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्नु हुदै अझ सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।

डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जनाहुने गरेको उल्लेख गर्दै उहाँले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहजबनाउदै लगिने बताउनु भयो । अहिले मन्त्रीपरिषद् बैठक कम्युटरप्रणालीबाट संचालन गर्ने अवस्थामा आईसकेको भन्दै उहाँलेसरकारले डिजिटलनेपालको संकल्प पुरा गरेरै छाड्ने बताउनु भयो ।

सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने त्यसका लागि नीजी क्षेत्रसंगको सहकार्यलाईप्राथमिकता दिने उहाँलेबताउनु भयो ।

कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलेसरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजनागरिदिनुपर्ने बताउनु भयो । उहाँलेलगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासलेफड्को मार्ने भनाई राख्नु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्राले हाल कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा सरकारलाईछिटो भन्दा छिटो उचितसमाधानगरिदिन आग्रह गर्नु भयो |

कार्यक्रममासंचार तथासुचना प्रबिधि मन्त्रालयका सह-सचिब श्री वीरेन्द्र कुमार मिश्र, सुचना प्रविधि विभागका महानिर्देशक श्री लक्ष्मी प्रसाद यादव को पनी उपस्थिति रहेको थियो |

क्यान महासंघको अध्यक्ष श्री हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटैस्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।


News Details

Posted on : 31st December, 2018
Posted by : amrit
Updated on : 22nd January, 2019

Other News

CAN Federation National ICT Scholarship 2080 Results are out....
24th September, 2023
नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२३ आबेदन सम्बन्धी सूचना !...
7th April, 2023
CAN Federation ''National ICT Scholarship Awards 2079"...
9th August, 2022
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय नैनकला थापाज्यू संग भेटघाट ।...
17th June, 2021
क्यानको साधारणसभामा मन्त्रीको उद्घोष‑ इन्टरनेटको शुल्क घटाउँदै छौँ...
27th February, 2021
सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ...
19th December, 2020
सुशासनसहितको समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य...
19th December, 2020
उद्योग वाणिज्य महासंघ पदाधिकारीलाई क्यान महासंघको स्वागत...
10th December, 2020
हर्दिक वधाई तथा शुभकामना !...
29th November, 2020

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds