ICT Seminar on Digital Financial Services at Ghorahi, Dang August 5, 2019

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासँघ) दाङको आयोजनामा घोराहीमा प्रदेश स्तरीय " सुचना तथा सञ्चार प्रविधि सम्मेलन " IME PAY - ICT Seminar on Digital Financial Services for Financial Inclusion 2019" भब्य रुपमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समय सापेक्ष सूचना र प्रबिधीको ज्ञान बढाउनु पर्ने बाध्यकारी अबस्था आएको उल्लेख गर्नुभयो ।अब कोही पनि सूचना र प्रबिधी देखी टाढा रहन नसक्ने भन्दै कम्प्युटर र मोवाईलका हरेक पक्षहरुलाई चलाउन सक्ने बन्नै पर्ने बाध्यकारी अबस्था आएको बताउनुभयो । घरबाटै विभिन्न सेवाहरु लिने क्रमको सुरुवात भएको उल्लेख गर्दै सिप, ज्ञान र क्षमताको समेत विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, क्यानका बरिष्ठ उपाध्यक्ष नवराज कुँवर, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, प्यावसनको केन्द्रिय प्राज्ञिक सल्लाहकार अरुण शर्मा लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्य, क्यान महासंघका केन्द्रीय सदस्य रेशम गिरी लगायतको. पनि आतिथ्य रहेको थियो । कार्यक्रममा क्यानका पूर्ब महासचिब पंकज जलान र IME Pay का स्रोत व्यक्ति अजय थापाले आर्थिक समाबेशिकरणका लागि डिजिडल सेवाको विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । क्यान महासंघ दाङका उपाध्यक्ष कर्ण पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन दामोदर गिरीले गर्नुभएको थियो । कार्यक्रममा प्राविधिक क्षेत्रका विद्यार्थीसहित साढे तीन सय बढीको सहभागिता थियो । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट पनि प्रतिनिधित्व रहेको थियो ।
Activity Details
Posted on : 5th August, 2019 Posted by : Niruta Rana Updated on : 7th August, 2019 |