प्रेस विज्ञप्ति: क्यान महासंघ र ज्योती विकास बैंकले देशभर सुचना तथा संचार प्रविधि प्रवर्धन र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), र ज्योती विकास बैंक लिमिटेडले देशभर सुचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन् ।नेपालका विभिन्न स्थानमा सुचना तथा संचार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्तरुपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्ने छन् । त्यसका लागि क्यान महासंघ र ज्योती विकास बैंकले शुक्रबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै ज्योती विकास बैंकले क्यान महासंघमा आबद्ध उद्यमी र व्यवसायी सदस्यहरु तथा सदस्य संस्थामा कार्यरत कर्मचारीहरुलाई रु. १५ लाख सम्मको कर्जा, लघु-उद्यम कर्जाका साथै व्यावसायिक कर्जामा सहुलियत प्रदान गर्ने छ । साथै, समझदारी पत्रमा उल्लेख भए अनुसार बैंकले अन्य सबै प्रकारका बैंकिङ सेवा तथा सुविधाहरु सकेसम्म सहज र सहुलियत रुपमा उपलब्ध गराउने छ । क्यान महासंघमा आबद्ध योग्य संस्था तथा व्यवसायीहरुलाई बैंकले महिला उद्यमशीलता कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा तथा विदेशबाट फर्किएका युवालाई व्यावसायिक कर्जा प्रदान गर्ने क्रममा प्राथमिकतामा राखेर द्रुत गतिमा कार्य सम्पादन गर्ने पनि बताइएको छ । त्यसैगरी सूचना प्रविधिको खुद्रा व्यवसायमा संलग्न क्यान महासंघका सदस्यहरुलाई बैंकले क्युआर कोड उपलब्ध गराउने छ ।

समझदारी पत्रमा क्यान महासंघका उपाध्यक्ष श्री रणजित पोदार र ज्योती विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारसराज कँडेलले हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा क्यान महासंघका उपाध्यक्ष श्री खुशल रेग्मी लगायत दुवै संस्थाका अन्य पदाधिकारीहरुको पनि उपस्थित थियो ।

दुई संस्थावीचको सम्बन्ध तथा बैंकिङ सेवा सम्बन्धमा समन्वय गर्नका लागि क्यान महासंघका उप-प्रबन्धक श्री उदिप बराल र ज्योती विकास बैंकका आर एण्ड डी, मार्केटिङ तथा सीआरएम प्रमुख श्री बसन्त दाहाललाई जिम्मेवारी दिइएको छ ।सन १९९२ मा स्थापित क्यान महासंघको ७ प्रदेश तथा उपत्यका बाहिर ७० जिल्लामा उपस्थिति रहेको छ भने ज्योती विकास बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउण्टर र ६१ एटीएमबाट बैंकिङ सेवा दिंदै प्रदान गर्दै आएको छ ।

 

धन्यवाद ।

नारायण थापा महासचिव

मितिः २०७८ आषाढ २७ गते, आइतबार


Press Release Details

Posted on : 11th July, 2021
Posted by : Niruta Rana
Created at : 11th July, 2021

Other Press Releases

प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०...
26th August, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न...
12th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।...
11th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।...
10th February, 2023
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा...
9th February, 2023
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड...
8th February, 2023
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’...
7th February, 2023
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
26th January, 2023
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’...
10th August, 2022
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने...
22nd February, 2022

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds